पोखरामा नेपालकै सर्वाधिक राशीको खुला फुटसल प्रतियोगिता, च्याम्पियनलाई ५ लाख
असोज २७ देखि ३० गतेसम्म प्रतियोगिता
पाेखरा | भदौ ३१, २०८०
पोखरा: पोखरामा राजन एण्ड द ब्रदर्शले नेपालकै सर्वाधिक राशीको ‘दोस्रो राष्ट्रिय खुला फुटसल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
‘परिवर्तनका लागि खेलकुद’ नारासहित पोखरा रंगशालास्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
आयोजक संस्थाका अध्यक्ष राजन गुरुङले सो प्रतियोगिता आगामी असोज २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने बताए ।

उनले राष्ट्रिय फुटसल लिग च्याम्पियन पोखराको स्पोर्टस् क्यासल प्रालिसँग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गर्ने बताए ।
यसअघि सम्पन्न पहिलो संस्करणको प्रतियोगितामा आयोजक र स्पोर्टस् क्यासलबाट खेलेका ४ जना खेलाडी राष्ट्रिय फुटसल टिममा परेकाले आफूहरुलाई थप हौसला मिलेको सुनाए ।
‘पहिलो संस्करण कोभिडको समय भएकाले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेका थियौं, उनले भने त्यो प्रतियोगितामा आयोजकबाट खेलेका भाइहरु राष्ट्रिय टिममा परेपछि दोस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरेका हौं ।’
उनका अनुसार यो वर्ष मंगोलियामा हुने प्रतियोगिता लागि घोषणा भएको नेपाली टोलीमा स्पोर्टस् क्यासलको तर्फबाट सुमित श्रेष्ठ (मेस्सी), राम शाही, र दिपेश घले छनोट भएका छन् भने राजन एण्ड द ब्रदर्शबाट खेलेका आरुष सिंह ठकुरी पनि नेपाली टोलीमा स्थान बनाएका छन् ।
अध्यक्ष गुरुङले यसपटक ‘परिवर्तनका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्ने बताउदै भने, ‘पहिलो संस्करणमा खेलेका ४ जना भाइहरु यसपटक राष्ट्रिय टिममा परेका छन् । त्यसैले यो प्रतियोगिताबाट पनि उदीयमान र नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँनेछन् भन्नेमा विश्वस्त छौं ।’
प्रतियोगिता संयोजक आशिष क्षेत्रीले पुरस्कार राशी वृद्धि गरेर ५ लाख पुर्याइएको जानकारी दिए । उनका अनुसार पहिलो संस्करणमा उपाधि राशी ३ लाख रुपैयाँ थियो ।
यस पटक दोस्रो संस्करणको विजेतालाई ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपात्र प्रदान गर्ने बताए । यस्तै उपविजेताले ३ लाख रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विधागततर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५/२५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।
देशभरबाट कुल ३० बढी टिमको सहभागिता रहेको आयोजकको अपेक्षा छ भने प्रतियोगितामा सहभागिता हुनका लागि २५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

